आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News करेन्ट लागेर टिपर चालकको मृत्यु

करेन्ट लागेर टिपर चालकको मृत्यु

60

सिरहा, शुक्रबार १५ फागुन — गोलबजार नगरपालिका–२ गुरुधाम मा टिपर सफा गर्ने क्रममा करेन्ट लाग्दा एक चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय मनिक लाल साहका ४३ वर्षीय छोरा सन्तोष साह रहेका छन्।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुदन केसीका अनुसार शुक्रबार बिहान टिपर सफा गरी पानी ओछ्याउने क्रममा सन्तोष साहले टिपरको हाइटोली (ढाला) उठाएका थिए। सो क्रममा टिपरको पछाडिको भाग माथि रहेको विद्युत् तारमा छोइँदा करेन्ट लागेको बताइएको छ।

करेन्ट लागेसँगै गाडीको केही भागमा आगलागीसमेत भएको प्रहरीले जनाएको छ। करेन्ट लागेको थाहा पाएपछि चालक साहले हाम फालेका थिए। गम्भीर घाइते अवस्थामा रहेका उनलाई तत्काल स्थानीय अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ।