76
धनुषा, १४ फागुन — धनुषाको औरही गाउँपालिका–६ मा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृत अवस्थामा फेला परेका व्यक्ति सुमित मण्डल रहेको पहिचान भएको छ। उनी हंसपुर नगरपालिका–९ रुदौलीका बासिन्दा हुन्।
स्थानीयले दिउँसो करिब ४ः३० बजे शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। प्रहरीका अनुसार शव शंकास्पद अवस्थामा फेला परेको र शरीरमा चोटपटकका संकेत देखिएको छ। घटनाबारे प्रहरी टोलीले अनुसन्धान गरिरहेको जनाएको छ ।