आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News जलेश्वर नाकामा प्रहरीको कडाइ, राति गरिएको कारबाहीमा अवैध सामान बरामद

जलेश्वर नाकामा प्रहरीको कडाइ, राति गरिएको कारबाहीमा अवैध सामान बरामद

63

महोत्तरी, १४ फागुन — जलेश्वर नगरपालिका वडा नं. १२ क्षेत्रमा प्रहरीले भन्सार चोरी पैठारीका सामानसहित सवारी साधन नियन्त्रणमा लिएको छ।

विशेष सूचनाको आधारमा फागुन १३ गते राति करिब ९ बजे खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लत्ताकपडा, रक्सी तथा खाद्यान्न लगायतका करिब रु. ६ लाख ६७ हजार ७४० बराबरका सामान बरामद गरेको जनाएको छ।

प्रहरीले ज १ ह २५६१ नम्बरको अटो तथा BR 09 V 7457, BR 30 AY 7722 र BR 30 M 0265 नम्बरका मोटरसाइकल गरी चार सवारी साधनसमेत नियन्त्रणमा लिएको छ।

बरामद सामान र सवारी साधन आवश्यक कारबाहीका लागि मिति २०८२ फागुन १४ गते जलेश्वर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।