आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News वीरगञ्ज–१० मा एमालेको पार्टी प्रवेश कार्यक्रम, सयभन्दा बढी युवाहरू एमालेमा प्रवेश

वीरगञ्ज–१० मा एमालेको पार्टी प्रवेश कार्यक्रम, सयभन्दा बढी युवाहरू एमालेमा प्रवेश

109

पर्सा, १४ फागुन — पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं. १० मा बिहीबार नेपाल कम्युनिस्ट पार्टी (एमाले) को पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ।

पर्सा क्षेत्र न. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेकी रिमा कुमारी यादवलाई फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा जीत हासिल गर्न वडा कमिटी घडिअर्वा वीरगंजद्वारा आयोजित कार्यक्रममा सयभन्दा बढीले विभिन्न दल परित्याग गरी एमालेमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई केन्द्रीय सदस्य विजय सरावगी लगायत नेताहरूले स्वागत गरेका थिए।

कार्यक्रममा सरावगीले युवाहरूको सहभागिताले संगठन बलियो बनेको उल्लेख गर्दै आगामी निर्वाचनमा उम्मेदवार रिमा कुमारी यादवलाई विजयी गराउन सक्रिय हुन आग्रह गरेका थिए। कार्यक्रममा स्थानीय नेताहरूले समेत यसपटक एमालेको जित आवश्यक रहेको बताएका छन |