आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News प्रचारप्रसार १८ गते मध्यरातदेखि बन्द हुने

प्रचारप्रसार १८ गते मध्यरातदेखि बन्द हुने

53

काठमाडौँ, १४ फागुन – फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले फागुन १८ गते राति १२ बजेदेखि प्रचारप्रसार निषेध गर्ने निर्णय गरेको छ ।

आचारसंहिता पूर्ण पालना गराउन गृह मन्त्रालयमार्फत प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई निर्देशन दिइएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मतदानको दिन अत्यावश्यक सेवाबाहेक सवारीसाधन सञ्चालनमा रोक, मतदानअघिदेखि परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध र उल्लङ्घन भए कारबाही गर्ने व्यवस्था गरिएको छ ।

निर्वाचनलाई स्वच्छ र सुरक्षित बनाउन हवाई उडान नियमित रहने, टिकट भएका यात्रुलाई विशेष यातायात सुविधा दिने तथा मतदान केन्द्रमा स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरिएको छ ।

साथै मतदान केन्द्रका रूपमा प्रयोग हुने सरकारी संरचना फागुन १९–२१ गतेसम्म उपयोग गर्ने व्यवस्था मिलाइएको छ । आयोगको सिफारिसमा नेपाल सरकारले मतदानअघि र पछि गरी तीन दिन सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ ।