आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News सुन प्रतितोला ३ लाख १३ हजार ५ सय

सुन प्रतितोला ३ लाख १३ हजार ५ सय

76

काठमाडौँ, ११ फागुन –  सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १३ हजार ५ सय रुपैयाँ पुगेको हो। यसअघि आइतबार सुन प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ५ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १ सय ७० रुपैयाँ बढेर प्रतितोला ५ हजार ५ सय ९५ रुपैयाँ कायम भएको छ।