आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News पूर्वमन्त्री रन्जिता श्रेष्ठलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतको आदेश

पूर्वमन्त्री रन्जिता श्रेष्ठलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतको आदेश

107

पोखरा, १० फागुन — विशेष अदालतले पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री रन्जिता श्रेष्ठलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

आइतबार अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीशहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले सुनुवाइ गर्दै उक्त आदेश जारी गरेको हो।

यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व मन्त्री राजकुमार गुप्ता र पूर्वमन्त्री श्रेष्ठले आपसी मिलेमतोमा पदको दुरुपयोग गर्दै कार्य सुविधा उपलब्ध गराउने क्रममा २५ लाख रुपैयाँ घुस लिएको अभियोग लगाएको छ।

आयोगले गत असोज २२ गते पूर्वमन्त्री श्रेष्ठसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उक्त मुद्दामाथि विशेष अदालतमा सुनुवाइ जारी रहेको छ।