71
काठमाडौं, १० फागुन — नेपाली बजारमा आइतबार सुन तथा चाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार स्थिर रहेको सुनको मूल्य आइतबार प्रतितोला पाँच हजार ६ सय रुपैयाँले वृद्धि भएको हो। यससँगै छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १० हजार तीन सय रुपैयाँ पुगेको छ। शुक्रबार भने सुन प्रतितोला तीन लाख चार हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। शुक्रबार प्रतितोला पाँच हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पाँच हजार चार सय २५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला तीन सय ७५ रुपैयाँले बढी हो।