आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News पर्सा क्षेत्र नं. २ मा जनताको अपेक्षा सम्बोधन गर्ने वाचा गर्दै रिमा यादव

पर्सा क्षेत्र नं. २ मा जनताको अपेक्षा सम्बोधन गर्ने वाचा गर्दै रिमा यादव

88

पर्सा, १० फागुन — रिमा कुमारी यादवको चुनावी अभियान यतिबेला पर्सा जिल्लाको क्षेत्र नं. २ मा तीव्र बनेको छ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेकी यादवले घरदैलो अभियानलाई तीव्रता दिँदै मतदातासँग प्रत्यक्ष संवाद गरिरहेकी छन्।

घरदैलोका क्रममा मतदाताले परिवर्तनको आवश्यकता औंल्याउँदै विकासमुखी नेतृत्व रोज्ने धारणा व्यक्त गरेको यादवले बताइन्। उनले मतदाताबाट प्राप्त प्रतिक्रियाले आफ्नो उम्मेदवारीप्रति उत्साह थपिएको उल्लेख गरिन्।

यसैबीच वीरगंज महानगरपालिका वडा नं. २५ मा आयोजित भेटघाट कार्यक्रममा स्थानीय मतदाताले विकास, सुशासन र स्थायित्वका लागि एमाले नै उपयुक्त विकल्प भएको धारणा राखेका थिए। कार्यक्रममा सहभागी नागरिकले क्षेत्रीय विकासका योजनालाई प्राथमिकता दिन आग्रह समेत गरेका थिए।

उम्मेदवार यादवले एमालेसँग विकास र सुशासनका लागि स्पष्ट रणनीति तथा कार्ययोजना रहेको दाबी गर्दै यही फागुन २१ गते हुने निर्वाचनमा आफूलाई मतदान गरी विजयी गराउन मतदातासँग आग्रह गरिन्। उनले निर्वाचित भए क्षेत्रको पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा ठोस काम गर्ने प्रतिबद्धता जनाइन्।