आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News धनकुटामा २ सय ५ किलो गाँजासहित दुई पक्राउ

धनकुटामा २ सय ५ किलो गाँजासहित दुई पक्राउ

107

धनकुटा, फागुन ०६ गते — धनकुटाको साँगुरीगढी गाउँपालिका–७ गर्जुवा स्थित जंगलबाट ठूलो परिमाणमा लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन्।

विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय अन्तर्गतको प्रादेशिक अनुसन्धान समूह र प्रहरी चौकी मुलघाटबाट खटिएको संयुक्त प्रहरी टोलीले फागुन ५ गते चेकजाँचका क्रममा २ सय ५ किलोग्राम गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार सेतो प्लास्टिकको बोराभित्र १० वटा बोरामा राखिएको अवस्थामा उक्त परिमाणको गाँजा फेला परेको थियो। सोही स्थानका ३३ वर्षीय प्रकाश राई र ३४ वर्षीय अशोक राईलाई गाँजासहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवैजनामाथि जिल्ला प्रहरी कार्यालय धनकुटा बाट थप अनुसन्धान भइरहेको छ। प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।