92
काठमाडौं, ५ फागुन — सार्वजनिक सडकमा हिँडिरहेका पैदलयात्रीमाथि मुक्का प्रहार गर्ने कार चालक पक्राउ परेका छन्। काठमाडौँ ट्राफिक प्रहरी स्रोतका अनुसार पक्राउ पर्ने व्यक्तिको नाम पारस बम रहेको छ ।
घटनापछि सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएसँगै व्यापक आलोचना भएको थियो। भिडियोमा चालकले सडकमा हिँडिरहेका पैदलयात्रीलाई कुटपिट गरेको दृश्य देखिएको छ। उक्त सामग्री सामाजिक संजालमा भाइरल बनेपछि प्रहरीले चालकको खोजी कार्य तीव्र पारेको थियो।
ट्राफिक प्रहरीले खोजीका क्रममा पारस बमलाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। व्यक्तिबारे थप विवरण खुलेको छैन | सार्वजनिक स्थानमा भएको कुटपिट प्रकरणमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाइएको छ।