आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News कपिलवस्तुमा सार्वजनिक स्थानमा बम राखेको आरोपमा नेकपा बहुमतका कार्यकर्ता पक्राउ

कपिलवस्तुमा सार्वजनिक स्थानमा बम राखेको आरोपमा नेकपा बहुमतका कार्यकर्ता पक्राउ

92

कपिलवस्तु, फागुन ५ — सार्वजनिक स्थानमा बम राखेको आरोपमा नेकपा बहुमतका एक जना कार्यकर्ता पक्राउ परेका छन्। मंगलबार बिहान कपिलवस्तुको बर्गदीघाट, गोरुसिंग–बनगाई सडक खण्ड तथा बनकसबासामा गरी तीन स्थानमा शंकास्पद बस्तु (बम) फेला परेको थियो।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का कार्यकर्ता बाणगंगा नगरपालिका–२ तिनैयाका ५८ वर्षीय शोभे भन्ने खेमे थारुलाई नियन्त्रणमा लिइएको हो। उनलाई सार्वजनिक स्थानमा बम राखेको आरोपमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंह ले जानकारी दिए।

प्रहरीका अनुसार थारुमाथि मुलुकी अपराध संहिता २०७४ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान प्रक्रिया अघि बढाइएको डीएसपी सिंहले बताए।

यसैबीच, नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले विभिन्न माग राख्दै नेपाल बन्दको आह्वान गरेको थियो। बन्दको पूर्वसन्ध्यामा सार्वजनिक स्थानमा बम राखिएको घटना फेला परेपछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ। साथै घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।