आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News बेलायत पठाइदिने भनेर ५० लाख ठगी गर्ने लामा पक्राउ

बेलायत पठाइदिने भनेर ५० लाख ठगी गर्ने लामा पक्राउ

85

काठमाडौँ, ५ फागुन –  वैदेशिक रोजगारीका लागि बेलायत (UK) पठाइदिने प्रलोभन देखाई ५० लाख ठगी गरेको आरोपमा एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले ३५ वर्षीया निमा डोल्मा लामालाई नियन्त्रणमा लिएको हो।

तारकेश्वर स्थायी घर भएकी उनलाई बौंद्धबाट नियन्त्रणमा लिएको बताइएको छ। उनले दुई जनालाई बेलायत पठाउने भन्दै ५० लाख लिएको लिएको प्रहरीले जनाएको छ।