आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News कक्षा १२ को वार्षिक परीक्षा वैशाख १४ गतेदेखि, समयतालिका सार्वजनिक

कक्षा १२ को वार्षिक परीक्षा वैशाख १४ गतेदेखि, समयतालिका सार्वजनिक

97

भक्तपुर, ५ फागुन — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ। बोर्डको परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले सूचना जारी गर्दै २०८३ साल वैशाख १४ गतेदेखि कक्षा १२ का साधारण, प्राविधिक तथा परम्परागत धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षा सञ्चालन हुने जनाएको हो।

सूचनाअनुसार रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९, ८०, ८१ र ८२ भएका विद्यार्थीहरू परीक्षामा सहभागी हुन पाउनेछन्।
परीक्षा बिहान ८ः०० बजेदेखि ११ः०० बजेसम्म सञ्चालन हुनेछ। वैशाख १४ गतेदेखि सुरु हुने परीक्षा वैशाख २७ गतेसम्म चल्नेछ। विभिन्न संकाय तथा धारअन्तर्गत अनिवार्य र ऐच्छिक विषयहरूको परीक्षा तोकिएको मिति र समयअनुसार सञ्चालन गरिने बोर्डले जनाएको छ।

तालिकाअनुसार वैशाख १४ गते अनिवार्य अङ्ग्रेजी (नियमित) विषयबाट परीक्षा सुरु हुनेछ। वैशाख १५ गते अनिवार्य नेपाली, १६ गते अनिवार्य अङ्ग्रेजी (आंशिक) तथा सामाजिक अध्ययन (प्राविधिक धार) का विषयहरूको परीक्षा सञ्चालन हुनेछ। त्यसपछिका दिनहरूमा गणित, लेखा, भौतिकशास्त्र, रसायनशास्त्र, जीवविज्ञान, अर्थशास्त्र, शिक्षा, व्यवस्थापन, मानविकी तथा विभिन्न प्राविधिक विषयहरूको परीक्षा क्रमशः सञ्चालन गरिनेछ।

बोर्डले परीक्षार्थीहरूलाई परीक्षा सुरु हुनुभन्दा कम्तीमा आधा घण्टा अगाडि नै परीक्षा केन्द्रमा उपस्थित हुन निर्देशन दिएको छ। परीक्षा सुरु भएको १५ मिनेटपछि उपस्थित हुने परीक्षार्थीलाई सहभागी नगराइने स्पष्ट गरिएको छ। साथै, परीक्षा कार्यक्रममा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः परीक्षा व्यवस्था नगरिने पनि बोर्डले जनाएको छ।