आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News वडा ३ मा एमालेको भेला, रिमा कुमारी यादवको जित सुनिश्चित गर्न एकता अपरिहार्य

वडा ३ मा एमालेको भेला, रिमा कुमारी यादवको जित सुनिश्चित गर्न एकता अपरिहार्य

133

वीरगंज, ४ फागुन – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को बीरगन्ज महानगरपालिका वडा नम्बर ३ को भेला आज सम्पन्न भएको छ। भेलामा पार्टीका केन्द्रिय सदस्य विजय सरावगी, जिल्ला सचिव महेश दास, क्षेत्र नम्बर २ का क्षेत्रीय संयोजक मनोज कुशवाह, वडा नम्बर ३ का वडा अध्यक्ष वैजु सुवर्णकार, खैरुदिन हवारी, महानगरका वडा अध्यक्ष लियाकत अली, नविदिन हवारी लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

वडा स्तरिया भेलामा वक्ताहरूले मन्तब्यको क्रममा पर्सा क्षेत्र नम्बर २ की नेकपा एमाले उम्मेदवार रिमा कुमारी यादव लाई आगामी प्रतिनिधिसभा निर्वाचनमा विजयी गराउन एकजुट हुन् आह्वान गरेका थिए। उनीहरूले पार्टीको संगठन सुदृढीकरण तथा जनताको विश्वास जित्ने अभियानलाई थप प्रभावकारी बनाउनेमा जोड दिएका थिए।

कार्यक्रममा उम्मेदवार रिमा कुमारी यादवले शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै समग्र क्षेत्रको विकासका लागि प्रतिबद्ध भएर काम गर्ने प्रतिज्ञा व्यक्त गरिन्। उनले जनताको अपेक्षा अनुसार पारदर्शी र उत्तरदायी नेतृत्व प्रदान गर्ने विश्वास दिलाइन्।

वडा कमिटीका कार्यवाहक अध्यक्ष प्रकाश नेपाल को अध्यक्षतामा सम्पन्न भएको भेलाको सहजिकरण निरन्जन मिश्रले गरेका थिए।
यसैबीच राजेशमान सिंह ले सफल कार्यक्रमको शुभकामना व्यक्त गर्दै पार्टीको जित सुनिश्चित गर्न सबै नेता–कार्यकर्तालाई एकजुट भएर लाग्न आग्रह गरेका छन्।