आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News बारामा ट्याक्टर–मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई गम्भीर घाइते

बारामा ट्याक्टर–मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई गम्भीर घाइते

100

बारा, ३ फागुन – बारा जिल्लाको पिलुवावा जाने सडकखण्ड अन्तर्गत चिनीमिल नजिक ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार मोटरसाइकलमा सवार तीन जनामध्ये एक जनाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका अन्य दुई जनालाई तत्काल उपचारका लागि नजिकैको अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ। मृतकको परिचय खुल्न सकेको छैन |
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।