आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News कर्तव्य ज्यान मुद्दामा २३ वर्षदेखि फरार प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा २३ वर्षदेखि फरार प्रतिवादी पक्राउ

99

पर्सा, फागुन ३ गते ।
कर्तव्य ज्यान मुद्दामा २३ वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको आधारमा मिति २०८२ फागुन २ गते बिहान करिब ३ बजे प्रहरी टोलीले पर्सा जिल्लाको पोखरिया नगरपालिका–४, पोखरिया बजारबाट फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा पर्सा जिल्ला साविक गोविन्दपुर गाउँ विकास समिति वडा नं. ८, हाल पोखरिया नगरपालिका–७ बस्ने शंकर साहका छोरा अन्दाजी ४५ वर्षीय सोनालाल साह रहेका छन्।

उनीमाथि वि.सं. २०६० साल असार १० गते बिहान करिब ७ बजे पर्सा जिल्ला मनियारी गाउँ विकास समिति वडा नं. ५ बस्ने बैजनाथ साह गोढको छोरा जिरजोधन साह गोढलाई आफ्नै खेतमा कुटपिट गरी हत्या गरेको आरोप छ। उक्त घटनापछि उनी फरार रहँदै आएका थिए।

पक्राउ परेका साहलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाउने तयारी भइरहेको पोखरीया प्रहरीले पत्र जारी गरी जानकारी दिएको छ।