आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News सुनको मूल्यमा तीव्र वृद्धि, चाँदीमा सामान्य कमी

सुनको मूल्यमा तीव्र वृद्धि, चाँदीमा सामान्य कमी

84

काठमाडौं, ३ फागुन । फागुन महिनाको दोस्रो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ३ सय रुपैयाँले वृद्धि भएको हो।

शुक्रबार प्रतितोला ३ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर ३ लाख ५ हजार ८ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य वृद्धिको प्रभाव स्वदेशी बजारमा परेको व्यवसायीहरू बताउँछन्।

यता, चाँदीको मूल्य भने आज घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला १५ रुपैयाँले घटेर ४ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला ५ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।