आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News फागुन २१ को निर्वाचन शान्तिपूर्ण र भयरहित बनाउन प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन

फागुन २१ को निर्वाचन शान्तिपूर्ण र भयरहित बनाउन प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन

57

ताप्लेजुङ, १ फागुन – प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित ढंगले सम्पन्न गर्न आवश्यक सबै तयारीमा कुनै कमी हुन नदिन मुख्य निर्वाचन अधिकृत र जिल्लास्थित सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएकी छन्।

शुक्रवार बिहान ताप्लेजुङस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आयोजित छलफल कार्यक्रममा उनले मतदाताको व्यापक सहभागिता सुनिश्चित गर्दै शान्ति सुरक्षामा विशेष ध्यान दिन आग्रह गरिन् भने उच्च हिमाली भेगका मतपेटिका व्यवस्थापनसमेत सरकारले योजना बनाइसकेको बताइन्। करिब १ घण्टा १० मिनेटको छलफलमा मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँले तयारी तथा सुरक्षा अवस्थाबारे जानकारी गराएका थिए।

यसअघि नेपाली सेनाको हेलिकोप्टरबाट ताप्लेजुङ पुगेकी प्रधानमन्त्री कार्कीले ३,७९४ मिटर उचाइमा रहेको पाथीभरा मन्दिरको दर्शन गर्दै शान्तिपूर्ण निर्वाचनका लागि कामना व्यक्त गरेकी थिइन् र त्यसपछि काठमाडौं फर्कने कार्यक्रम रहेको छ।