आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News सुन–चाँदीको मूल्यमा भारी गिरावट

सुन–चाँदीको मूल्यमा भारी गिरावट

85

काठमाडौं, १ फागुन – स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा उल्लेखनीय गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ३ हजार रुपैयाँले घटेर ३ लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ५०० रुपैयाँ थियो।

चाँदीको मूल्य पनि आज प्रतितोला ३४० रुपैयाँले घटेर ५ हजार रुपैयाँमा स्थिर भएको छ। बिहीबार चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको थियो।