आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News ३५ वर्षपछि बंगलादेशमा नयाँ प्रधानमन्त्री: बीएनपीको बहुमतको बाटो

३५ वर्षपछि बंगलादेशमा नयाँ प्रधानमन्त्री: बीएनपीको बहुमतको बाटो

बीएनपीको निर्णायक जीत, बंगलादेशमा राजनीतिक परिवर्तनको संकेत

112

बंगलादेश, १ फागुन- बंगलादेशमा बिहीबार सम्पन्न आम निर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले निर्णायक बहुमत हासिल गर्दै २९९ सिटमध्ये १६५ सिट जितेको छ। यससँगै पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा र बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित देखिएका छन्। उनले दुई निर्वाचन क्षेत्रमा लडेका थिए र दुवै सिट जितेका छन्।

तारिक रहमान हालै मात्र बेलायतमा १७ वर्षको निर्वासीत जीवन बिताएपछि स्वदेश फर्किएका थिए। जमात‑ए‑इस्लामीको नेतृत्वमा रहेको ११ (दलीय गठबन्धनले ४५ सिट) मात्र जितेको छ भने अन्य दल र स्वतन्त्र उम्मेदवारहरूले जम्मा तीन सिटमा सफलता पाएका छन्।

सन् १९९१ देखि २०२४ सम्म सत्ता सञ्चालन गर्दै आएका तत्कालीन प्रधानमन्त्री शेख हसिना को भारत पलायन र पूर्वप्रधानमन्त्री खालिदा जियाको निधनपछि बंगलादेशमा पहिलोपटक संसदीय चुनाव सम्पन्न भएको हो, जसले देशलाई ३५ वर्षपछि नयाँ प्रधानमन्त्री दिलाउने बाटो खोल्दैछ।