आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News आसन्न निर्वाचन सुरक्षाका लागि पृतनापति समन्वयात्मक बैठक सम्पन्न

आसन्न निर्वाचन सुरक्षाका लागि पृतनापति समन्वयात्मक बैठक सम्पन्न

59

काठमाडौं, माघ २९ — प्रधान सेनापति महारथी अशोक राज सिग्देलबाट आसन्न निर्वाचनलाई सुरक्षित, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न निर्देशन दिँदै जङ्गी अड्डामा पृतनापति समन्वयात्मक बैठक सम्पन्न भएको छ।

एकीकृत सुरक्षा योजना–२०८२ अनुसार आयोजित उक्त बैठकमा अन्य सुरक्षा निकाय तथा सम्बन्धित सबै सरोकारवालासँग प्रभावकारी समन्वय र सहकार्य गर्दै निर्वाचन सुरक्षालाई उच्च प्राथमिकतामा राखी कार्य गर्न निर्देशन दिइएको थियो।

बैठकमा निर्वाचन अवधिभर सुरक्षा व्यवस्थालाई चुस्त, दुरुस्त र परिणाममुखी बनाउने विषयमा छलफल भएको जनाइएको छ। साथै, सम्भावित सुरक्षा चुनौतीहरूको पूर्वआकलन गर्दै आवश्यक तयारी अवस्थामा रहन सम्बन्धित निकायहरूलाई निर्देशन दिइएको बताइएको छ।

नेपाली सेनाले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन आफ्नो भूमिकालाई जिम्मेवार र प्रतिबद्धतापूर्वक निर्वाह गर्ने जनाएको छ।