84
काठमाडौं, फागुन २९ — नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य रूपमा घटेको छ भने चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक सय रूपैयाँले घटेर तीन लाख ६ हजार पाँच सय रूपैयाँ कायम भएको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्यमा सामान्य गिरावट देखिएको महासंघले जनाएको छ।
यता चाँदीको मूल्य भने बढेको छ। बुधबार प्रतितोला पाँच हजार दुई सय ९० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर पाँच हजार तीन सय ४० रूपैयाँ पुगेको छ। चाँदीको मूल्य प्रतितोला ५० रूपैयाँले वृद्धि भएको हो।