वीरगञ्ज, २८ माघ- आगामी प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रित गर्दै नेकपा एमालेले वीरगञ्ज महानगरपालिका वडा नं. २७ कुहडीमा वडास्तरीय अगुवा भेला सम्पन्न गरेको छ। कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी सयौँको संख्यामा एमालेमा प्रवेश गरेका छन्।
कार्यक्रम नेकपा एमालेका केन्द्रीय सदस्य तथा पर्सा निर्वाचन क्षेत्र नं. २ का इन्चार्ज विजय कुमार सरावगीको विशेष आतिथ्यता रहेको थियो। सम्बोधनका क्रममा सरावगीले आगामी प्रतिनिधिसभा निर्वाचनमा एमालेको जित सुनिश्चित गर्न संगठन सुदृढ गर्दै घरदैलो अभियानलाई तीव्र बनाउन आग्रह गरे।
त्यसैगरी मुख्य भूमिकामा रहेकी पर्सा क्षेत्र नं. २ की प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार रिमा कुमारी यादवले आफू विजयी भए यस क्षेत्रको समग्र विकासलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरिन्। उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीका क्षेत्रमा ठोस योजना ल्याउने बताउँदै मतदातासँग सहयोगको अपिल गरिन्।
कार्यक्रममा नवप्रवेशीहरूलाई रिमा कुमारी यादव र विजय सरावगीले टीका तथा खादा लगाएर पार्टीमा स्वागत गरेका थिए। भेलाले प्रतिनिधिसभा निर्वाचन केन्द्रित अभियानलाई थप सशक्त र अपेक्षाकृत बनाउने यादव ले बताइन।
भेलामा कुहडी गाउबासी, अगुवा, बुद्धिजिबी, सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव, नेकपा एमालेका स्थानीय नेता–कार्यकर्ता, आम जनता एवम् सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
