आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News पर्सा क्षेत्र नं. १ मा कांग्रेस उम्मेदवार अनिल रुङ्टाको घरदैलो कार्यक्रम सम्पन्न

पर्सा क्षेत्र नं. १ मा कांग्रेस उम्मेदवार अनिल रुङ्टाको घरदैलो कार्यक्रम सम्पन्न

143

पर्सा, २६ माघ –  पर्सा क्षेत्र नं. १ का उम्मेदवार तथा नेपाली कांग्रेसका नेता अनिल रुङ्टाको नेतृत्वमा बिरगंज महानगरपालिका अन्तर्गत श्रीपुर र मुर्ली क्षेत्रमा घरदैलो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

घरदैलो कार्यक्रममा उम्मेदवार रुङ्टाले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना राजनीतिक प्रतिबद्धता र विकासका योजनाबारे जानकारी गराएका थिए। कार्यक्रमका क्रममा स्थानीय जनता, नेता तथा कार्यकर्ताहरूले आगामी निर्वाचनमा रुख छापमा मतदान गरी अनिल रुङ्टालाई विजयी बनाउन आग्रह गरेका थिए।

घरदैलो कार्यक्रममा देखिएको जनउत्साह, सक्रिय सहभागिता र साझा विश्वासले पर्सा क्षेत्र नं. १ मा “सुझबुझको आवाज” भन्ने नारा अब केवल नारामा सीमित नरही वास्तविक परिवर्तनको आधार बन्दै गएको स्पष्ट संकेत गरेको सहभागीहरूले बताएका छन्।

कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, पूर्व सभापति अजय दिवेदी, क्षेत्रीय सभापति अरबिन्द गुप्ता, उपसभापति अनिल सिंह, सचिव हरि यादव, पूर्व क्षेत्रीय सभापति विजय सर्राफ, हरिन्द्र यादव, मिन्टु सिंह, जितेन्द्र पुरुष, मनोजा चौधरी, किरण सरकार, सुरेन्द्र लामिछाने, रामनिवास यादवलगायत नेपाल विद्यार्थी संघ, तरुण दलका नेता, वरिष्ठ नेताहरू, कार्यकर्ताहरू तथा स्थानीय अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।