78
काठमाडौं, २६ माघ- सरकारले सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले पत्रकार सम्मेलनमार्फत बैठकबाट भएका तीन वटा महत्वपूर्ण निर्णयबारे जानकारी दिएका हुन्।
प्रवक्ता अर्यालका अनुसार मन्त्रिपरिषद् बैठकले राष्ट्रिय आर्थिक गणना २०८२ को तथ्यांक संकलन गर्न आवश्यक आदेश २०८२ स्वीकृत गरेको छ। उक्त गणनाले देशको समग्र आर्थिक अवस्थाबारे विस्तृत तथ्यांक संकलन गर्ने लक्ष्य लिएको सरकारको भनाइ छ।
त्यसैगरी, जेनजी आन्दोलन सम्बन्धी घटनाको छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगको कार्यकाल पनि थप गरिएको छ। आयोगलाई बाँकी अनुसन्धान पूरा गर्न समय अपुग भएको भन्दै म्याद थप गर्ने निर्णय गरिएको हो।