आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News बालेन्द्र शाह उम्मेदवार रहेको झापा–५ मा रास्वपाको सम्पर्क कार्यालयमा तोडफोड

बालेन्द्र शाह उम्मेदवार रहेको झापा–५ मा रास्वपाको सम्पर्क कार्यालयमा तोडफोड

75

झापा, २२ माघ-  झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सम्पर्क कार्यालयमा तोडफोड भएको छ। पार्टीका अनुसार कमल गाउँपालिका–२ मा रहेको सम्पर्क कार्यालयमा अज्ञात समूहले तोडफोड गरेको हो।

तोडफोडका क्रममा सम्पर्क कार्यालयको सिसा फुटेको छ भने अन्य भौतिक क्षति भने खासै नभएको पार्टीले जनाएको छ। उक्त कार्यालयबाट पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवार रहेका छन्। रास्वपाले उनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको छ।

तोडफोड कसले र किन गरेको हो भन्ने विषयमा हालसम्म स्पष्ट भइसकेको छैन। घटनाबारे पार्टीले प्रहरीलाई जानकारी गराइसकेको छ।
प्रहरीका अनुसार घटनामा संलग्न व्यक्तिको पहिचान तथा खोजी कार्य भइरहेको छ। घटनाको अनुसन्धान सुरु गरिएको र दोषीमाथि कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ।