आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News बिहीबार सुनको मूल्य तोलामा ९ हजार ५ सय रुपैयाँले घट्यो

बिहीबार सुनको मूल्य तोलामा ९ हजार ५ सय रुपैयाँले घट्यो

114

काठमाडौं, २२ माघ-  साताको कारोबारको पाँचौँ दिन बिहीबार नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ९ हजार ५ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन बिहीबार घटेर प्रतितोला २ लाख ९५ हजार २ सय रुपैयाँमा झरेको छ ।

त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी प्रतितोला ६२० रुपैयाँले घटेर ४ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।