58
रुपन्देही, २२ माघ- पहिचान लुकाई हिन्दू युवतीसँग विवाह गर्न लागेको आरोपमा रुपन्देही प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार शुद्धोधन गाउँपालिका–मुडफुटवा गाउँ निवासी सकिल मुसलमानले आफ्नो नाम सूर्य प्रजापति बताउँदै गैडहवा गाउँपालिकामा बसोबास गर्ने एक हिन्दू युवतीसँग प्रेम सम्बन्ध कायम गरी विवाह गर्न लागेको सूचना प्राप्त भएपछि गएराती उनलाई पक्राउ गरिएको हो।
सूचना पाएपछि स्थानीय युवाहरूको समूह घटनास्थलमा पुगेको थियो। प्रारम्भिक सत्यतथ्य बुझिसकेपछि उक्त युवकलाई प्रहरीको जिम्मा लगाइएको बताइएको छ।
विवाहका लागि युवकको तर्फबाट जन्तीसमेत पुगेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।