आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News ब्राउन सुगरसहित सुनसरीबाट तीन जना पक्राउ

ब्राउन सुगरसहित सुनसरीबाट तीन जना पक्राउ

101

सुनसरी, माघ २१ गते —
सुनसरी जिल्लामा लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय लौकही र लागू औषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले माघ २० गते सुनसरीको कोशी गाउँपालिका–१ र भोक्राहा नरसिंह गाउँपालिका–६ क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा धनकुटा नगरपालिका–९ का सुक्दिप राई र सहिदभूमि गाउँपालिका–४ का साजन राई रहेका छन्। उनीहरूको साथबाट १० ग्राम ५२ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ। त्यस्तै सप्तरी जिल्लाका इश्वर प्रसाद भगतलाई ३ ग्राम ०४ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ।

पक्राउ परेका तीनै जनामाथि लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ।