69
नेपालगञ्ज, १२ माघ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह सोमबार पहिलो पटक बाँकेको नेपालगञ्ज आइपुगेका छन्। शाह नेपालगञ्ज विमानस्थलमा ओर्लंदा उनको स्वागतका लागि ठूलो संख्यामा समर्थक तथा सर्वसाधारणको भिड जम्मा भएको थियो।
बाँकेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका खगेन्द्र सुनारसहित रास्वपाका नेता तथा कार्यकर्ताहरू शाहको स्वागतका लागि विमानस्थल पुगेका थिए। अत्यधिक भीडका कारण शाहलाई सुरक्षाका लागि स्कर्टिङ गर्न प्रहरीलाई हम्मेहम्मे परेको थियो।
सुनारको सचिवालयका अनुसार शाह नेपालगञ्जस्थित प्रसिद्ध बागेश्वरी मन्दिरमा दर्शनका लागि जाने कार्यक्रम रहेको छ। त्यसपछि उनी कोहलपुर हुँदै पश्चिम नेपालतर्फको भ्रमणमा निस्कनेछन्। शाह बर्दिया हुँदै कैलालीसम्म जाने योजनाका साथ नेपालगञ्ज आएका हुन्।