आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News प्रतिनिधि सभा चुनावमा पर्सामा १०९ उम्मेदवारको भिडन्त

प्रतिनिधि सभा चुनावमा पर्सामा १०९ उम्मेदवारको भिडन्त

80

वीरगन्ज (पर्सा ), माघ ६ — फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पर्सा जिल्लामा १०९ जनाले उम्मेदवारी दर्ता गराएका छन्। चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा परेको उम्मेदवारीमध्ये ६५ जना दलगत र ४४ जना स्वतन्त्र उम्मेदवार रहेका छन्।

पर्सा–१ मा ३० जना उम्मेदवार
पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि ३० जनाले उम्मेदवारी दिएका छन्। तीमध्ये २० जना दलगत र १० जना स्वतन्त्र उम्मेदवार रहेका छन्।  नेकपा एमालेबाट पूर्वमन्त्री तथा निवर्तमान सांसद प्रदीप यादव, नेपाली कांग्रेसबाट अनिल रुंगटा, जनता समाजवादी पार्टीबाट रामनरेस प्रसाद यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरि पन्त, जनमत पार्टीबाट ओमप्रकाश सर्राफलगायत उम्मेदवार प्रतिस्पर्धामा छन्।

पर्सा–२ मा ३२ जना उम्मेदवार

पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा ३२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। १८ जना दलगत र १४ जना स्वतन्त्र उम्मेदवार छन्। नेपाली कांग्रेसबाट पूर्वमन्त्री तथा निवर्तमान सांसद अजयकुमार चौरसिया, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुशील कुमार कानु, जनता समाजवादी पार्टी नेपालबाट अशोक टेमानी, नेकपा एमालेबाट रिमा यादव र राप्रपाबाट विना कुमारी जैसवाल चुनावी मैदानमा छन्। कांग्रेसबाट टिकट नपाएपछि राजेश्वर साह तेलीले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

पर्सा–३ मा २३ उम्मेदवार
पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा २३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। १४ जना दलगत र ९ जना स्वतन्त्र उम्मेदवार छन्। नेपाली कांग्रेसबाट पूर्वमन्त्री सुरेन्द्र प्रसाद चौधरी, नेकपा एमालेबाट रुपेश पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमाकान्त चौरसिया र नेपाली कम्युनिष्ट पार्टीबाट छाटेलाल यादव उम्मेदवार लगायतकाहरु उम्मेदवार बनेका छन्।

पर्सा–४ मा २४ उम्मेदवार
पर्सा निर्वाचन क्षेत्र नम्बर ४ मा २४ जनाले उम्मेदवारी दिएका छन्। १३ जना दलगत र ११ जना स्वतन्त्र उम्मेदवार रहेका छन्।
नेपाली कांग्रेसबाट पूर्वमन्त्री तथा निवर्तमान सांसद रमेश रिजाल, नेकपा एमालेबाट जालिम मियाँ अन्सारी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टेकबहादुर शाक्य र नेपाली कम्युनिष्ट पार्टीबाट जयप्रकाश थारु उम्मेदवार रहेका छन्।