आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News निवर्तमान शिक्षा मन्त्री महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार

निवर्तमान शिक्षा मन्त्री महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार

103

म्याग्दी, ६ माघ — निवर्तमान शिक्षा मन्त्री महावीर पुनले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचनमा उम्मेदवारी दर्ता गराएका छन्। मन्त्री पदबाट राजीनामा दिएपछि पुनले स्वतन्त्र रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिने निर्णय गरेका हुन्।
मंगलबार बिहानै पुन म्याग्दीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो मनोनयन दर्ता गराएका हुन्। मनोनयन दर्तापछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले जनताको प्रत्यक्ष समर्थनका लागि स्वतन्त्र उम्मेदवारी दिएको बताए।
पुनले शिक्षा क्षेत्रको सुधार, प्रविधिको विकास र स्थानीयस्तरको समृद्धिलाई आफ्नो मुख्य एजेन्डा बनाउने बताएका छन्। “म्याग्दीको समग्र विकासका लागि निष्पक्ष र जवाफदेही प्रतिनिधित्व आवश्यक छ,” उनले भने।