काठमाडौँ, २ माघ —निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ । सभापति पदमा विवाद चुलिएसंगै नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोगले विशेष महाधिवेशन आयोजना गरेको गगन थापा पक्षलाई आधिकारिक मान्यता दिएको छ। आयोगले शुक्रबार विशेष महाधिवेशन रितपूर्वक सम्पन्न भएको निष्कर्ष निकाल्दै सो पक्षलाई पार्टीको आधिकारिक नेतृत्वका रूपमा मान्यता दिने निर्णय गरेको हो |
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र आयुक्त जानकी तुलाधरले गगन थापा नेतृत्वको पक्षलाई आधिकारिकता दिने निर्णय गरेका हुन्। आयोगका अर्का आयुक्त सगुनशमशेर जबराले भने उक्त निर्णयमा फरक मत राखेका थिए।
यसअघि शेरबहादुर देउवा पक्षले यही साता सम्पन्न विशेष महाधिवेशन विधानअनुसार नभएको दाबी गर्दै आयोगमा आपत्ति जनाएको थियो। तर गगन थापा पक्षले बहुमत महाधिवेशन प्रतिनिधिहरूको सहभागितामा विशेष महाधिवेशन सम्पन्न भएकाले त्यसबाट लिइएका निर्णय अन्तिम र वैधानिक हुने दाबी गर्दै पार्टी विवरण अद्यावधिकका लागि आयोगमा निवेदन दिएको थियो।
आयोगको निर्णयसँगै अब विशेष महाधिवेशनबाट चयन भएको नेतृत्व नै नेपाली कांग्रेसको आधिकारिक नेतृत्वका रूपमा मानिने भएको छ। यस निर्णयले लामो समयदेखि जारी पार्टीको आधिकारिकतासम्बन्धी विवाद टुंगिएको आयोगको भनाइ छ। यता भने देउवा पक्षले बिरोध गरि नै रहेका छन |