82
काठमाडौँ, ३ माघ — नेपाली कांग्रेसले आसन्न निर्वाचनका लागि संसदीय बोर्ड गठन गरेको छ। निर्वाचनमा उम्मेदवार चयन तथा टिकट वितरणका लागि १३ सदस्यीय बोर्ड बनाइएको हो।
बोर्डको नेतृत्व सभापति गगनकुमार थापाले गर्नेछन्। बोर्डमा उपसभापति, महामन्त्री र सहमहामन्त्रीसहित अन्य सदस्यहरू रहनेछन्।
निर्वाचन आयोगबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिले आधिकारिकता पाएसँगै कांग्रेस निर्वाचन तयारीमा केन्द्रित भएको छ।
पार्टीले २१ फागुनमा हुने निर्वाचनलाई लक्षित गर्दै कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमिति निर्वाचन आयोगबाट आधिकारिकता पाएसँग निर्वाचन केन्द्रित भएको छ । २१ फागुनमा हुने निर्वाचन केन्द्रित छलफलका लागि बैठक बस्दैछ ।