आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News कांग्रेसको वैधानिकता विवाद चुलिँदै, गलत फैसला आए आन्दोलन

कांग्रेसको वैधानिकता विवाद चुलिँदै, गलत फैसला आए आन्दोलन

98

काठमाडौँ, २ माघ – नेपाली कांग्रेसमा फूटपछि आन्तरिक गतिविधि तीव्र बनेको छ। महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै गगन थापा–विश्वप्रकाश शर्मा समूह वैधानिकताको अभ्यासमा जुटेको छ भने सभापति शेरबहादुर देउवा समूहले आफूहरू नै आधिकारिक भएको दाबी गर्दै आएको छ।

देउवा पक्षले यस विषयको टुंगो निर्वाचन आयोगले लगाउने ठहर गरेको छ। सोही क्रममा आज सानेपामा आयोजित पत्रकार सम्मेलनमा नेता पूर्णबहादुर खड्काले निर्वाचन आयोगले नयाँ समूहलाई मान्यता नदिने विश्वास व्यक्त गरे। तर आयोगबाट फरक निर्णय आए देशभर आन्दोलन गर्ने चेतावनीसमेत दिए।