आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News भेडेटारबाट एम्बुलेन्समा लुकाइ राखिएको ४ सय ५९ किलो गाँजा बरामद

भेडेटारबाट एम्बुलेन्समा लुकाइ राखिएको ४ सय ५९ किलो गाँजा बरामद

86

धनकुटा, पुस २८
धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट ठूलो परिमाणको लागुऔषध गाँजा बोकेको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले पुस २७ गते राति करिब ८ बजे भेडेटार नजिक सडक छेउमा शंकास्पद अवस्थामा रोकिराखिएको न. ४ च ६४७४ नम्बरको एम्बुलेन्स चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा एम्बुलेन्सभित्र प्लास्टिकका पोकामा लुकाइ राखिएको ४५९ किलो ९ सय ६५ ग्राम लागुऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार उक्त एम्बुलेन्स लागुऔषध ओसारपसारका लागि प्रयोग गरिएको आशंका गरिएको छ। घटनामा संलग्न व्यक्तिहरू एम्बुलेन्स छाडेर फरार रहेकाले उनीहरूको खोजी कार्य तीव्र रूपमा भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
बरामद गाँजा र एम्बुलेन्सलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।