आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News काठमाडौँ शंखरापुरको फेदी जंगलमा बस दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौँ शंखरापुरको फेदी जंगलमा बस दुर्घटना, तीन जनाको मृत्यु

116

काठमाडौं, २३ पुस। काठमाडौंको शंखरापुर नगरपालिका–स्थित फेदी जंगलमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
जर्सिङपौवाबाट पिकनिक मनाएर साँखुतर्फ फर्किने क्रममा बुधबार महानगर यातायातको बा ४ ख ८७८८ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा बस सडकबाट करिब १०० मिटर तल खसेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीका अनुसार दुर्घटनामा परेर तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य यात्रुहरू पनि घाइते भएका छन् ।
घाइतेहरूलाई उद्धार गरी उपचारका लागि नजिकका अस्पतालमा पठाइएको छ । दुर्घटनाको कारण खुल्न नसके पनि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उक्त बसमा पिकनिकका लागि गएका ४० जना यात्रुहरू सवार थिए । सडक साँघुरो र ओरालो भएकाले दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।