आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News उदयपुरमा ७५० किलो गाँजासहित दुई जना पक्राउ

उदयपुरमा ७५० किलो गाँजासहित दुई जना पक्राउ

103

उदयपुर, १२ पुस — उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित मदन भण्डारी सडकखण्डबाट प्रहरीले ठूलो परिमाणको गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार को १ ज ३४५६ नम्बरको जिपबाट करिब ७५० किलो गाँजा बरामद गरिएको हो। उक्त जिप चेकजाँचका क्रममा शंका लागेपछि रोकि जाँच गर्दा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले जानकारी दिए।
गाँजासहित जिप चालक बेलटार नगरपालिका–६ का रवीन राई तथा रामबहादुर राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेकामाथि लागुऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको छ।
प्रहरीले बरामद गरिएको गाँजा, जिप तथा पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको जनाएको छ।