आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News बङ्गलादेशमा हिन्दु युवकको हत्या भएको विरुद्धमा वीरगञ्जमा प्रदर्शन

बङ्गलादेशमा हिन्दु युवकको हत्या भएको विरुद्धमा वीरगञ्जमा प्रदर्शन

142

वीरगञ्ज, ५ पुस-  बङ्गलादेशको म्यामनसिंह जिल्लामा हिन्दु युवकको कुटपिट गरी हत्या गरी रुखमा झुण्ड्याई जलाइएको घटनाविरुद्ध वीरगञ्जमा शनिबार हिन्दु युवाहरूले विरोध प्रदर्शन गरेका छन्।

वीरगंजमा प्रदर्शनकारीहरूले दोषीमाथि कडा कारबाहीको माग गर्दै नगर परिक्रमा गरेका थिए। घण्टाघर पुगेर उनीहरूले विरोध स्वरूप बङ्गलादेशको झन्डा अङ्कित तस्बिर जलाएका थिए। घटनाबारे बोल्दै हिन्दु युवाहरु बङ्गलादेशमा अल्पसङ्ख्यक हिन्दु असुरक्षित रहेको आरोप लगाउदै हिंसा सहन नसकिने चेतावनी पनि दिएका छन।

उक्त घटना बङ्गलादेशको म्यामनसिंह जिल्लाको भालुका उपजिल्लामा गत बिहीबार राति २५ वर्षीय दिपु चन्द्र दास नामक हिन्दु युवकलाई पैगम्बर मोहम्मदको अपमान गरेको भ्रमपूर्ण आरोपमा भीडले कुटपिट गरी हत्या गरेको थियो । भीडले उनको शवलाई रुखमा बाँधेर आगो लगाएको थियो । दास एक कपडा कारखानामा काम गर्ने मजदुर थिए ।

अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले घटनाको निन्दा गर्दै दोषीलाई कारबाही गरिने बताएका छन्। आरएबीले घटनामा संलग्न ७ जनालाई पक्राउ गरेको जनाएको छ।