आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News भारतीय दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने निर्णय

भारतीय दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने निर्णय

137

काठमाडौँ, २९ मङ्सिर – सरकारले भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट प्रतिव्यक्ति अधिकतम २५ हजार रुपैयाँसम्म ओसारपसार गर्न पाउने व्यवस्था गरेको छ। सन् २०१६ नोभेम्बर ९ देखि निष्काशनमा आएका ती दरका नोट नेपाली तथा भारतीय नागरिकले भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान सक्ने निर्णय गरिएको हो।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए। उनका अनुसार सीमा क्षेत्रका सर्वसाधारणलाई सहजता प्रदान गर्न यो व्यवस्था लागू गरिएको हो।

यस निर्णयसँगै भारत–नेपाल आवतजावत गर्ने नागरिकलाई दैनिक कारोबार तथा व्यक्तिगत प्रयोजनका लागि सहज हुने विश्वास सरकारको छ। यसअघि भारतीय उच्च दरका नोटको प्रयोग तथा ओसारपसारमा स्पष्ट व्यवस्था नहुँदा सर्वसाधारणले समस्या भोग्दै आएका थिए।