आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, ४ मन्त्री थपिने

चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, ४ मन्त्री थपिने

93

काठमाडौँ, २६ मङ्सिर- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् चौथोपटक विस्तार गर्ने तयारी गरेकी छन्। सरकार सञ्चालनमा देखिएका आवश्यकताहरू तथा राजनीतिक परामर्शका आधारमा उनले आजै मन्त्रिपरिषद् विस्तार गर्ने प्रक्रिया अघि बढाउने तयारी भएको स्रोतले जानकारी दिएको छ।

बिहीबारमात्रै प्रधानमन्त्री कार्की शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेकी थिइन्। भेटपछि मन्त्रिपरिषद् विस्तार सम्बन्धी अन्तिम छलफल चलेको बताइएको छ।

स्रोतका अनुसार आज विस्तार हुन लागेको मन्त्रिपरिषद्मा चार जना नयाँ मन्त्री नियुक्त हुनेछन्। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार थपिने मन्त्रीहरूमा कुमार इङ्नाम, माधव चौलागाईँ, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठ रहेका छन् ।