आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News वैदेशिक रोजगारीका नाममा ठगी गर्ने १३ बिचौलिया पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने १३ बिचौलिया पक्राउ

90

काठमाडौं, २४ मङ्सिर — वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै सर्वसाधारणलाई झन्‍झट तथा आर्थिक शोषण गर्ने १३ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई वैदेशिक रोजगार विभाग परिसरमै बारम्बार पीडितलाई घेराबन्दी गर्ने, फसाउने तथा विभिन्न बहानामा बार्गेनिङ गर्दै रकम असुल्ने कार्यमा संलग्न रहेकाले नियन्त्रणमा लिएको बताएको छ।

प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार वैदेशिक रोजगारमा ठगीभएकाहरु न्यायका लागि विभाग पुगेपछि बिचौलियाहरूले उनीहरूलाई दबाब दिने, उक्साउने तथा अनावश्यक प्रक्रिया झन्‍झटिलो बनाइदिई रकम झिक्ने जस्ता गैरकानुनी गतिविधि गर्दै आएका थिए।

उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको र कानुनी प्रक्रियाअनुसार कारबाही अघि बढाइने कार्यालयले जानकारी दिएको छ। ठगीमा संलग्न गिरोह अनि वैदेशिक रोजगारीका नाममा ठगी गर्ने समूहविरुद्ध निरन्तर निगरानी गरी कडाइका साथ कारबाही जारी रहने प्रहरीले चेतावनी पनि दिएको छ।