80
मधेस प्रदेश, २१ मङ्सिर – मधेस प्रदेश सरकारमा आज तीन नयाँ मन्त्रीहरू थपिएका छन्। प्रदेशको सत्ता–समिकरणमा भएको नयाँ सहमतिको आधारमा जनमत पार्टी, नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) का एक–एकजना प्रतिनिधि मन्त्रिमण्डलमा समावेश भएका हुन्।
नयाँ नियुक्तमध्ये जनमत पार्टीका महेश प्रसाद यादवलाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको छ। उनी प्रदेशको अर्थतन्त्र, बजेट तथा वित्तीय प्रशासनको प्रमुख जिम्मेवारी सम्हाल्नेछन्।
यस्तै, नेपाली कांग्रेसका जंगीलाल राय र नेकपा (एकीकृत समाजवादी) का कनिस पटेललाई विनाविभागीय मन्त्रीका रूपमा प्रदेश सरकारमा समावेश गरिएको छ। दुवैलाई आगामी दिनमा मन्त्रालय तोकिने स्रोतले जनाएको छ।तीनै जना नयाँ मन्त्रीले आज विशेष समारोहबीच प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्ण समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।