आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News हेटौँडामा अतिक्रमित संरचना हटाउन सडक विस्तार सुरु

हेटौँडामा अतिक्रमित संरचना हटाउन सडक विस्तार सुरु

77

हेटौँडा, मकवानपुर २० मङ्सिर — हेटौँडाको मुख्य बजार क्षेत्रमा रहेका अतिक्रमित घर तथा टहराहरू हटाउन आजदेखि सडक विस्तारको काम तिव्र रूपमा शुरू गरिएको छ। सडक डिभिजन कार्यालय हेटौँडाले शनिबार बिहानैदेखि बुद्धचोक क्षेत्र हुँदै सुमार्गी कम्प्लेक्स आसपासका संरचनाहरू भत्काउन थालिएको हो।

राजमार्गको दुुबैतर्फ २५-२५ गज भित्र परेका स्थायी तथा अस्थायी संरचनाहरू हटाउने क्रममा करिब ८ वटा डोजर र स्काभेटरहरूको प्रयोग गरेर संरचना भत्काइँदै छ। बुद्धचोकदेखि चौकीटोलसम्मका अतिक्रमित घर तथा टहराहरू पनि निरन्तर हटाउने काम जारी रहेको डिभिजन कार्यालयले जनाएको छ।

सडक डिभिजन कार्यालय हेटौँडाले मङ्सिर ५ गते सार्वजनिक सूचना जारी गर्दै महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडकसीमा— केन्द्र रेखादेखि २५-२५ गजभित्र बनाइएका सबै किसिमका स्थायी तथा अस्थायी संरचना १५ दिनभित्र स्वयं हटाउन अल्टिमेटम दिएको थियो। तोकिएको समयावधि सकिएपछि आजदेखि बल प्रयोगमार्फत संरचना हटाउने कार्य अघि बढाइएको हो। स्थानीयवासीहरू केही स्थानमा विरोध प्रकट गरे पनि राजमार्ग विस्तार र यातायात सुगम बनाउन सडक डिभिजनले आफ्नो कार्ययोजना अनुसार काम अघि बढाइरहेको छ।