काठमाडौँ, १९ मङ्सिर – जेन–जी आन्दोलनले देशको राजनीतिक वातावरण नयाँ मोडतिर गएको बेला लामो समयदेखि औपचारिक संवादबाट टाढा रहेका प्रमुख दलका शीर्ष नेता पुनः भेटघाट र सम्वादमा सक्रिय बन्दै आएका छन्। यही क्रममा आज नेपाली राजनीतिमा महत्त्वपूर्ण मानिने भेटवार्ता हुँदैछ।
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच आज भेटवार्ता हुँदैछ। लामो समयपछि हुने यो औपचारिक छलफलले राजनीतिक वृत्तमा विशेष ध्यान खिचेको छ।
ओली देउवाको निवास महाराजगञ्ज पुगेका छन् भने, भेटमा पछिल्लो राजनीतिक गतिविधि, दुवै पार्टीभित्रका अवस्था, राष्ट्रिय राजनीति बाहिर देखिएका चुनौती, तथा आगामी निर्वाचनसँग सम्बन्धित रणनीतिहरू विषयमा व्यापक छलफल हुने बताइएको छ। जेन–जी आन्दोलनपछि फेरि राजनीतिक दलबीच संवादको वातावरण सिर्जना हुन थालेको अवस्थामा देउवा–ओली भेटले आगामी राजनीतिक दिशा–निर्देश गरेको छ |