आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न सरकार तयारी थालेको छ – प्रधानमन्त्री कार्की

तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न सरकार तयारी थालेको छ – प्रधानमन्त्री कार्की

112

काठमाडौं, १८ मङ्सिर — प्रधानमन्त्री सुशीला कार्कीले २२औं राष्ट्रिय ज्यापू दिवसको अवसरमा काठमाडौंको बसन्तपुरमा आयोजित कार्यक्रममा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न गराउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भयो |   निर्वाचनमार्फत सत्ता युवा पुस्ताको हातमा सुम्पेर मुलुकलाई द्रुत विकासतर्फ लैजानु वर्तमान सरकारको दायित्व भएको धारणा पनि राखिन्।

उनले युवाहरूले भ्रष्टाचार अन्त्य, सुशासन, रोजगारी तथा गाँस–वास–कपासको सुनिश्चितताको माग गरिरहेको उल्लेख गर्दै ती आवश्यकताहरू पूरा गर्न सबै क्षेत्रबाट प्रतिबद्धता आवश्यक रहेको जोर दिइन्। साथै, सरकारले प्रदान गरेको सीमित आर्थिक सहयोगबाट ज्यापू संस्कृति विकास कोषले दुई दशकभित्र हासिल गरेका उपलब्धी प्रशंसायोग्य रहेको बताउँदै संस्कृतिलाई पर्यटनसँग जोडेर विश्व बजारमा पहिचान बनाउने क्रममा मौलिक संस्कृतिको जगेर्नामा विशेष ध्यान दिनुपर्ने औंल्याइन्। कार्यक्रममा मौलिक संस्कृति संरक्षणमा योगदान पुर्‍याउने व्यक्तिलाई सम्मान गरिएको र विविध सांस्कृतिक झाँकीहरूको प्रदर्शन गरिएको थियो।