आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News हामी नेपाल’ का संयोजक सुदन गुरुङ, रास्वपा सभापति रवि लामिछाने भेट्न कारागार जाने

हामी नेपाल’ का संयोजक सुदन गुरुङ, रास्वपा सभापति रवि लामिछाने भेट्न कारागार जाने

104

काठमाडौँ, १८ मङ्सिर –  ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङ र रास्वपा सभापति रवि लामिछानेबीच कारागारमा ‘एकता संवाद’ वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकताको बहस तीव्र भइरहेका बेला ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग कारागारमै भेटवार्ता गर्ने भएका छन्।

गुरुङले बिहीबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै ‘एकता संवाद’ का लागि नख्खु कारागारस्थित लामिछानेलाई भेट्न लागिएको बताएका छन्। पछिल्ला घटनाक्रमले वैकल्पिक राजनीतिक शक्तिहरूबीच नयाँ सहकार्यको संकेत देखिन थालेका बेला गुरुङ–लामिछाने भेटलाई विशेष रूपमा हेरिएको छ। यसअघि ऊर्जा मन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीचको भेटघाटले पनि राजनीतिक चर्चालाई तताएको थियो। आगामी निर्वाचनमा बालेनले कुलमानलाई समर्थन गर्न सक्ने आकलन भइरहेका बेला यो भेटलाई धेरैले नयाँ राजनीतिक समीकरणको प्रारम्भिक संकेतका रूपमा व्याख्या गरेका छन्।

सोही क्रमलाई बलियो बनाउने उद्देश्यले आफू पनि सक्रिय भएको बताउँदै संयोजक गुरुङले लेखेका छन्, “बालेन र कुलमानको एकता पछि, हामीले गरेको बाचा अनुसार आज एकता संवादको लागि रवि लामिछानेसँग भेट गर्दैछौं र उहाँको धारणा पनि सुन्नेछौं।”रवि लामिछाने हाल सहकारी ठगी प्रकरणसम्बन्धी मुद्दामा नख्खु कारागारमा रहेका छन्।