आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News सर्वोच्च अदालतको आदेश: मुख्यमन्त्री सरोज यादवले २४ घण्टाभित्र विश्वासको मत लिनुपर्ने

सर्वोच्च अदालतको आदेश: मुख्यमन्त्री सरोज यादवले २४ घण्टाभित्र विश्वासको मत लिनुपर्ने

93
मधेस प्रदेश, १५ मङ्सिर –  सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र प्रदेशसभाबाट विश्वासको मत लिन आदेश दिएको छ। गैरसंवैधानिक ढंगले यादवको नियुक्ति गरिएको दाबी गर्दै ७३ जना प्रदेश सांसदहरूले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो अन्तरिम आदेश जारी गरेको हो।

अदालतको आदेशअनुसार मुख्यमन्त्री यादवले अब प्रदेशसभामा विश्वासको मत लिने प्रस्ताव पेश गर्नुपर्नेछ। उनले विश्वासको मत प्राप्त गरेमा उनी पदमा यथावत् रहनेछन्। तर, विश्वासको मत प्राप्त गर्न असफल भएमा अर्को विकल्प खोज्न प्रदेश प्रमुखलाई मार्गनिर्देशन गर्ने आदेश समेत अदालतले दिएको छ।

सर्वोच्च अदालतले संविधानको धारा १६८(२) बमोजिम संयुक्त सरकार गठनको प्रक्रिया अघि बढाउन प्रदेश प्रमुखलाई आवश्यक तयारी गर्न निर्देशन दिएको छ।