आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News लघुवित्तका धितो कर्जाको सीमा १५ लाखमा पुगेको, भुक्तानी तालिका पनि परिमार्जन गर्न सकिने

लघुवित्तका धितो कर्जाको सीमा १५ लाखमा पुगेको, भुक्तानी तालिका पनि परिमार्जन गर्न सकिने

121

काठमाडौँ, १५ मङ्सिर –  नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै लघुवित्त वित्तीय संस्थाले धितोमा प्रवाह गर्न पाउने कर्जाको सीमा बढाएको छ। नयाँ प्रावधान अनुसार अब लघुवित्तले धितो आधारमा अधिकतम १५ लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्न पाउनेछन्। यसअघि धितो कर्जाको सीमा ७ लाख रुपैयाँ मात्र थियो।

राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय प्रणालीमा तरलता प्रशस्त भए पनि कर्जा प्रवाह न्यून देखिएका कारण लघुवित्तमार्फत पहुँच विस्तार र कर्जा प्रवाह सहज बनाउने उद्देश्यले सीमा बढाइएको हो।

यसमध्ये लघुवित्तबाट ऋण लिएका तर भुक्तानीमा समस्या परेका ऋणीका लागि पनि राहत व्यवस्था मिलाइएको छ। अब आवश्यकता अनुसार कर्जा भुक्तानी तालिका परिमार्जन गर्न सकिने प्रावधान लागू गरिने राष्ट्र बैंकले जनाएको छ। यसले ऋणीहरूलाई किस्ता तिर्न सहजता मिल्ने र संस्थाहरूमा गैर–निष्क्रिय कर्जा बढ्ने जोखिम पनि घट्ने अपेक्षा राखिएको छ।